सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना « Khabarhub

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो ।

महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख  छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ ।

निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ९ : २२ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित