नायक आकाश भन्छन्- ‘माया के हो ?’ गीत मन परेकाले म्युजिक भिडियोको विश्राम तोडेँ « Khabarhub

नायक आकाश भन्छन्- ‘माया के हो ?’ गीत मन परेकाले म्युजिक भिडियोको विश्राम तोडेँ


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक आकाश श्रेष्ठ र फिल्म ‘दुई नम्बरी’की नायिका उगेन छोदेनको अभिनय रहेको ‘माया के हो ?’ बोलको गीत सार्वजनिक भएको छ ।

जमलस्थित एक फिल्म हलमा मंगलरबार कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरिएको हो ।

यस गीतमा गायक सुरेश लामा र गायिका त्रिशला गुरुङको स्वर रहेको छ । प्रेम राजा अधिकारीको शब्द रहेको गीतको भिडिओलाई कुलेखानीमा छायांकन गरिएको छ ।

अर्जुन पोखरलेको संगीत रहेको यस गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार भएको हो ।

गीत मन परेर लामो समयको म्युजिक भिडियोमा विश्रामलाई तोडेको नायक श्रेष्ठले बताए ।

उनले थपे, ‘म अहिले मेरो व्यवसायिक कामसँगै फिल्मकै कारण म्युजिक भिडिओमा पनि कम देखिएको छु । यो गीत सुन्दा मन पर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिले देखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो ।’

त्यस्तै, फिल्म ‘दुई नम्बरी’पछिको यस भिडियोमार्फत दर्शकसँग फेरि भेट गर्न पाउँदा आफू उत्साहित रहेको नायिका छोदेनले सुनाइन् ।

म्युजिक भिडियो :

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : १३ बजे

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको