काठमाडौंको वायु प्रदूषण आज पनि विश्वकै उच्च « Khabarhub

काठमाडौंको वायु प्रदूषण आज पनि विश्वकै उच्च


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा विगत दुई सातादेखि वायु प्रदूषण मानव स्वास्थ्यका लागि खराब रहँदै आएको छ ।

वायु गुणस्तर मापन गर्ने आइक्यू एअरले बिहान सवा ७ बजे गरेको मापनअनुसार नेपालको राजधानी काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९२ छ । यसलाई अस्वस्थ अवस्था मानिन्छ ।

वायु प्रदूषणका हिसाबले नेपालको काठमाडौंपछि भारतको राजधानी दिल्ली विश्वको दोस्रो नम्बरमा छ । दिल्लीको एक्यूआई १७६ छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनको वुहान शहरको एक्यूआई १७१ छ ।

वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ ।

विगत लामो समयदेखि पानी नपर्नु र काठमाडौँ उपत्यका आसपास क्षेत्रका जङ्गलमा डढेलो लागेका कारण वायु प्रदूषण बढेको मौसमविद्ले बताएका छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब रहेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्कको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै, घरमा बस्दा पनि झ्याल ढोका लगाएर बस्न भनेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ३९ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण