मेथी पानी पिउनुका फाइदा यस्ता छन् « Khabarhub

मेथी पानी पिउनुका फाइदा यस्ता छन्


२६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौँदेखि प्रयोग हुँदै आएको छ । मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

मेथीको दाना भुटेर पानीमा पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन र बच्न मद्दत गर्छ । भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउनुका फाइदाहरू जानौँ ।

पाचन प्रणाली बलियो बनाउन
मेथीमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । भुटेको मेथीको धुलो मनतातो पानीमा सेवन गर्दा कब्जियत, ग्यास र एसिडिटीको समस्याबाट मुक्ति मिल्छ । यसले आन्द्रा सफा गरेर पेटलाई स्वस्थ राख्छ ।

मधुमेह नियन्त्रणमा सहयोगी
मेथीमा ग्यालेक्टोमन नामक घुलनशील फाइबर हुन्छ, जसले रगतमा चिनीको अवशोषणलाई कम गर्छ । यस बाहेक यसमा एमिनोएसिड पनि हुन्छ, जसले इन्सुलिन स्रावलाई बढावा दिन्छ। भुटेको मेथीको धुलो पानी नियमित पिउनाले रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।

वजन घटाउन सहयोगी
मेथीको पानीले मेटाबोलिज्म बढाउँछ र भोक नियन्त्रण गर्छ । यसमा पाइने फाइबरले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ, जसले क्यालोरी खपत कम गर्छ । यसले बोसो जलाउन पनि मद्दत गर्छ ।

कोलेस्ट्रोल घटाउन सहयोगी
मेथीको दानामा सेपोनिन्स र फाइबर हुन्छ, जसले खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ । यसले हृदय रोगको जोखिम कम गर्छ र धमनीमा अवरोधको समस्या हुँदैन ।

छालाको लागि लाभदायक
मेथीमा एन्टी–इन्फ्लेमेटरी र एन्टि अक्सिडेन्ट गुण हुन्छ, जसले छालाको समस्या जस्तै डन्डिफोर, चाउरी र दाग हटाउँछ। यसको पानी पिउनाले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निस्कन्छ, जसले छालालाई चम्किलो बनाउँछ ।

जोर्नी दुखाइबाट राहत
मेथीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले गठिया र जोर्नी दुखाइबाट राहत दिन्छ । यसलाई नियमित रूपमा पिउनाले हड्डी बलियो हुन्छ र सुन्निने समस्या कम हुन्छ ।

महिला स्वास्थ्यको लागी लाभदायक
मेथीको पानी महिलामा हर्मोनल असन्तुलन, महिनावारीको दुखाइ र रजोनिवृत्तिको लक्षणलाई कम गर्न निकै फाइदाजनक हुन्छ। यसले प्रजनन स्वास्थ्यमा पनि सुधार गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी
मेथीमा भिटामिन सी, जिंक र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । यसलाई नियमित रूपमा पिउनाले रुघाखोकी र सङ्क्रमणको जोखिम कम हुन्छ ।

मेथीको पानी कसरी बनाउने ?
१) मेथीको दानालाई हल्का भुट्नुहोस् र पिस्नु होस्।
२) एक गिलास मनतातो पानीमा आधा चम्चा मेथीको धुलो मिलाउनुहोस् ।
३) यसलाई बिहान खाली पेटमा पिउनुहोस्।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ८ : ३० बजे

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने

ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

गुल्मी– स्थानीय परिकारको मौलिक स्वादसँगै गाउँको रहनसहन र परम्परागत कला–संस्कृतिको