मेथी पानी पिउनुका फाइदा यस्ता छन् « Khabarhub

मेथी पानी पिउनुका फाइदा यस्ता छन्


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौँदेखि प्रयोग हुँदै आएको छ । मेथीको दाना पनि खानाको स्वाद बढाउन प्रयोग गरिन्छ । भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

मेथीको दाना भुटेर पानीमा पिउनाले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन र बच्न मद्दत गर्छ । भुटेको मेथीको दानाको धुलो पानीमा मिसाएर पिउनुका फाइदाहरू जानौँ ।

पाचन प्रणाली बलियो बनाउन
मेथीमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । भुटेको मेथीको धुलो मनतातो पानीमा सेवन गर्दा कब्जियत, ग्यास र एसिडिटीको समस्याबाट मुक्ति मिल्छ । यसले आन्द्रा सफा गरेर पेटलाई स्वस्थ राख्छ ।

मधुमेह नियन्त्रणमा सहयोगी
मेथीमा ग्यालेक्टोमन नामक घुलनशील फाइबर हुन्छ, जसले रगतमा चिनीको अवशोषणलाई कम गर्छ । यस बाहेक यसमा एमिनोएसिड पनि हुन्छ, जसले इन्सुलिन स्रावलाई बढावा दिन्छ। भुटेको मेथीको धुलो पानी नियमित पिउनाले रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ ।

वजन घटाउन सहयोगी
मेथीको पानीले मेटाबोलिज्म बढाउँछ र भोक नियन्त्रण गर्छ । यसमा पाइने फाइबरले पेट लामो समयसम्म भरिएको महसुस गराउँछ, जसले क्यालोरी खपत कम गर्छ । यसले बोसो जलाउन पनि मद्दत गर्छ ।

कोलेस्ट्रोल घटाउन सहयोगी
मेथीको दानामा सेपोनिन्स र फाइबर हुन्छ, जसले खराब कोलेस्ट्रोल घटाउँछ र राम्रो कोलेस्ट्रोल बढाउँछ । यसले हृदय रोगको जोखिम कम गर्छ र धमनीमा अवरोधको समस्या हुँदैन ।

छालाको लागि लाभदायक
मेथीमा एन्टी–इन्फ्लेमेटरी र एन्टि अक्सिडेन्ट गुण हुन्छ, जसले छालाको समस्या जस्तै डन्डिफोर, चाउरी र दाग हटाउँछ। यसको पानी पिउनाले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निस्कन्छ, जसले छालालाई चम्किलो बनाउँछ ।

जोर्नी दुखाइबाट राहत
मेथीमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले गठिया र जोर्नी दुखाइबाट राहत दिन्छ । यसलाई नियमित रूपमा पिउनाले हड्डी बलियो हुन्छ र सुन्निने समस्या कम हुन्छ ।

महिला स्वास्थ्यको लागी लाभदायक
मेथीको पानी महिलामा हर्मोनल असन्तुलन, महिनावारीको दुखाइ र रजोनिवृत्तिको लक्षणलाई कम गर्न निकै फाइदाजनक हुन्छ। यसले प्रजनन स्वास्थ्यमा पनि सुधार गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी
मेथीमा भिटामिन सी, जिंक र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले रोगसँग लड्ने क्षमता बढाउँछ । यसलाई नियमित रूपमा पिउनाले रुघाखोकी र सङ्क्रमणको जोखिम कम हुन्छ ।

मेथीको पानी कसरी बनाउने ?
१) मेथीको दानालाई हल्का भुट्नुहोस् र पिस्नु होस्।
२) एक गिलास मनतातो पानीमा आधा चम्चा मेथीको धुलो मिलाउनुहोस् ।
३) यसलाई बिहान खाली पेटमा पिउनुहोस्।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ३० बजे

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू