अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने | Khabarhub Khabarhub

अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुका भएको आगलागीबाट पीडित भएकाहरूका लागि सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक सहयोगस्वरूप गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । उनले भने, ‘मङ्गलबार बेलुका जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ ।’

सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ । यसका साथै प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने उनले बताए ।

मुख्यमन्त्री शाहले आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकार तथा विभिन्न संघसंस्था र दातृ निकायलाई राहत र पुननिर्माणका सन्दर्भमा सहयोगको अपिल समेत गरेका छन् ।

प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकास मन्त्री र आन्तरिक मामिला मन्त्रीलाई  जयगढ पठाउने निर्णय समेत गरको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १२ : ०७ बजे

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक