राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप सुरु (तस्बिरहरू) « Khabarhub

राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप सुरु (तस्बिरहरू)


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पुरुष रग्बी फिप्टिन्स च्याम्पियनसिप आजदेखि च्यासल मैदानमा सुरू भएको छ । नेपाल रग्बी संघले आयोजना गरेको चौथो राष्ट्रिय फिप्टिन्स च्याम्पियनसिप आगामी वैशाख २ गतेसम्म चल्नेछ । 

विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिप्टिन्स रग्बी प्रतियोगिता राष्ट्रिय स्तरका क्लबमा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले भाग लिएका छन् । 

उद्घाटन खेलमा आज एपीएफ क्लब र गोर्खाली रग्बी क्लब भिडे । खेलको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुणारत्ने छन् भने  म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरुणा छन् । 

खेलका लागि नेपाली रेफ्री भने प्रेमबहादुर कोइराला छन् । नेपाल रग्बी संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ सिल्डको रूपमा राखेको थियो । गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो । 

सहभागी चारै क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाख बराबरको रकम प्रदान गरिएको संघले जनाएको छ । यो पटकको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित रनिङ सिल्ड जित्नेछ । 

उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १५ हजारसहित ट्रफी पाउनेछन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै