वित्त आयोगले तोक्यो आगामी वर्षको लागि ऋणको सीमा, कुन सरकारले कति लिन पाउने ? « Khabarhub

वित्त आयोगले तोक्यो आगामी वर्षको लागि ऋणको सीमा, कुन सरकारले कति लिन पाउने ?


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि तीनै तहका सरकारलाई ऋणको सीमा तोकेको छ । आयोगले तीनै तहको सरकारलाई सिफारिस गर्दै आगामी आर्थिक वर्षको लागि ऋणको सीमा तोकेको हो ।

आयोगले सार्वजनिक ऋण सम्बन्धी विभिन्न मुलुकको अभ्यास, अन्तर्राष्ट्रिय संस्थाहरूले न्यून आय भएका मुलुक र नेपालको सार्वजनिक ऋणको सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका विषयहरू, नेपालको विगतको अभ्यास र अनुभव एवं समष्टिगत अर्थतन्त्रका तथ्यांकका आधारमा सबै तहका सरकारका लागि ऋणको सीमा कायम गरिएको जनाएको छ ।

आयोगले संघीय सरकारले समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजता समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत र नपुग भएमा थप ०.५ प्रतिशत ऋण लिन सक्ने सीमा तोकेको छ ।

सो ऋण राष्ट्रिय नीति/योजनामा आधारित भई  लागत लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दर वा खुद वर्तमान मूल्य उपयुक्त देखिएको आयोजना/परियोजना कार्यान्वयनका साथै राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी आयोजना र मध्यमकालीन खर्च संरचना अन्तर्गत प्राथमिकताप्राप्त आयोजनाका लागि उठाउन पाइने आयोगले जनाएको छ ।

थप ०.५ प्रतिशत ऋण भने सीमा तोकिएको ऋणले नपुगेमा र प्रदेश र स्थानीय सरकारले आफ्नो सीमा मध्येको ऋण परिचालन नगरेको हदसम्म आन्तरिक परिचालन गर्न सक्ने आयोगको भनाइ छ ।

प्रदेश सरकारहरूले भने आगामी आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने राजस्व र प्रदेश सरकारको आफ्नो राजस्वको १२ प्रतिशत ऋण लिन सक्ने आयोगले सीमा तोकेको छ । आयोगले सो ऋण राष्ट्रिय र प्रादेशिक नीति/योजनामा आधारित भई लागत लाभ विश्लेषणको आधारमा नेपाल सरकारको स्वीकृतिमा उठाउन सकिने जनाएको छ ।

स्थानीय सरकारले पनि संघ, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको कुल योगफलको १२ प्रतिशतले नबढ्ने गरी ऋण लिन सक्ने सीमा आयोगले तोकेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ४ : ५९ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल