आठ महिनामा २१ अर्ब ८३ करोडको धितोपत्र निष्कासन « Khabarhub

आठ महिनामा २१ अर्ब ८३ करोडको धितोपत्र निष्कासन


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्ममा २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासन भएको छ । 

बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा अवधिमा बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र १ अर्ब २ करोड बराबरको साधारण शेयर जारी गरेको राष्ट्र बैंकले जनाएको छ । 

फागुन मसान्तमा २१०८.७३ रहेको नेप्से सूचकाङ्क २०८१ फागुन मसान्तमा २७३६.४९ कायम भएको केन्द्रीय बैंकले जारी गरेको तथ्यांकमा छ । 

२०८१ फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड कायम भएको छ भने फागुन मसान्तमा बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । 

फागुन मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५३.२ प्रतिशत, जलविद्युत् कम्पनीको हिस्सा १५.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.१ प्रतिशत, होटेलको हिस्सा २.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा छ । 

नेप्सेमा २०८१ फागुन मसान्तमा सूचीकृत ८ अर्ब ७० करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ५ : ३८ बजे

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य