वर्ष ०८१ का सुपर फ्लप फिल्म : जम्मा ८९ जनाले हेरे ‘शीरफूल’ « Khabarhub

वर्ष ०८१ का सुपर फ्लप फिल्म : जम्मा ८९ जनाले हेरे ‘शीरफूल’


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार यो वर्ष चैत १५ सम्म ५७ फिल्म प्रदर्शनमा आए । तीमध्ये ‘आचार्य’ र ‘बुलाकी’ पुन:प्रदर्शनमा आएका हुन् ।

चैत २२ मा फिल्म ‘वसन्त’ आयो । चैत २९ दुई फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ प्रदर्शनमा आउँदैछन् । यीसमेत जोड्दा यो वर्ष प्रदर्शनमा आएका फिल्मको ६० देखिन्छ ।

यो वर्ष फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले ४६ करोड ८० लाखभन्दा बढी ग्रस कलेक्सन गर्यो‍ । यो ग्रस कलेक्सन नेपाली फिल्म इतिहासकै उच्च हो ।

तर, यो वर्ष पनि फ्लप फिल्मको सूची लामै छ । केही फिल्मले एक लाख पनि ग्रस कलेक्सन गरेका छैनन् ।

एक लाख नकमाउने फिल्म

चलचित्र विकास बोर्डका अनुसार यो वर्ष तीन फिल्म सुपरफ्लप भएका छन् । बक्स अफिसमा सबैभन्दा कमजोर सावित भएको फिल्म ‘शीरफूल’ हो ।

यो फिल्म जम्मा ८९ जनाले मात्रै हरेका छन् । यसको ग्रस कलेक्सन १८ हजार पाँच सय मात्रै छ ।

बक्स अफिसमा दोस्रो सुपरफ्लप फिल्म हो, ‘एक्टर’ । यो फिल्मको २६२ वटा मात्रै टिकट बिक्री भएको छ । ग्रस कलेक्सन ३३ हजार २८५ छ ।

अर्को फ्लप फिल्म ‘ब्ल्याक छायाँ’लाई २९४ जनाले हेरेका छन् । यो फिल्मको ग्रस कलेक्सन ६८ हजार ८३५ छ ।

एक लाख ग्रस कलेक्सन गर्न नपाउने अर्को फिल्म ‘आँखा’ पनि हो । यो फिल्मको ग्रस कलेक्सन ९२ हजार ५२५ छ । यो फिल्म असोज ११ गते प्रदर्शनमा आएको थियो ।

असोजमा भारी वर्षाले देशभर ठूलो क्षति भएपछि यो फिल्मको प्रदर्शन स्थगित गरिएको थियो । यो फिल्म पुनःप्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ४७ बजे

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा