वर्ष ०८१ का सुपर फ्लप फिल्म : जम्मा ८९ जनाले हेरे ‘शीरफूल’ « Khabarhub

वर्ष ०८१ का सुपर फ्लप फिल्म : जम्मा ८९ जनाले हेरे ‘शीरफूल’


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार यो वर्ष चैत १५ सम्म ५७ फिल्म प्रदर्शनमा आए । तीमध्ये ‘आचार्य’ र ‘बुलाकी’ पुन:प्रदर्शनमा आएका हुन् ।

चैत २२ मा फिल्म ‘वसन्त’ आयो । चैत २९ दुई फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ प्रदर्शनमा आउँदैछन् । यीसमेत जोड्दा यो वर्ष प्रदर्शनमा आएका फिल्मको ६० देखिन्छ ।

यो वर्ष फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले ४६ करोड ८० लाखभन्दा बढी ग्रस कलेक्सन गर्यो‍ । यो ग्रस कलेक्सन नेपाली फिल्म इतिहासकै उच्च हो ।

तर, यो वर्ष पनि फ्लप फिल्मको सूची लामै छ । केही फिल्मले एक लाख पनि ग्रस कलेक्सन गरेका छैनन् ।

एक लाख नकमाउने फिल्म

चलचित्र विकास बोर्डका अनुसार यो वर्ष तीन फिल्म सुपरफ्लप भएका छन् । बक्स अफिसमा सबैभन्दा कमजोर सावित भएको फिल्म ‘शीरफूल’ हो ।

यो फिल्म जम्मा ८९ जनाले मात्रै हरेका छन् । यसको ग्रस कलेक्सन १८ हजार पाँच सय मात्रै छ ।

बक्स अफिसमा दोस्रो सुपरफ्लप फिल्म हो, ‘एक्टर’ । यो फिल्मको २६२ वटा मात्रै टिकट बिक्री भएको छ । ग्रस कलेक्सन ३३ हजार २८५ छ ।

अर्को फ्लप फिल्म ‘ब्ल्याक छायाँ’लाई २९४ जनाले हेरेका छन् । यो फिल्मको ग्रस कलेक्सन ६८ हजार ८३५ छ ।

एक लाख ग्रस कलेक्सन गर्न नपाउने अर्को फिल्म ‘आँखा’ पनि हो । यो फिल्मको ग्रस कलेक्सन ९२ हजार ५२५ छ । यो फिल्म असोज ११ गते प्रदर्शनमा आएको थियो ।

असोजमा भारी वर्षाले देशभर ठूलो क्षति भएपछि यो फिल्मको प्रदर्शन स्थगित गरिएको थियो । यो फिल्म पुनःप्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ४७ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र