राष्ट्र बैंकको प्रतिवेदन : रेमिट्यान्सले अर्थतन्त्र ठिकठाक छ « Khabarhub

राष्ट्र बैंकको प्रतिवेदन : रेमिट्यान्सले अर्थतन्त्र ठिकठाक छ


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको पछिल्लो अवस्था ठिकठाक रहेको देखाएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि भइरहेको र त्यसकै कारण मुलुकमा आयातदेखि विदेशी मुद्राको सञ्चितिमा सकारात्मक अवस्था बनेको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा विदेशमा काम गर्न गएका नेपालीले १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पठाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो । 

रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र निर्यातमा भएको वृद्धिले गर्दा विदेशी मुद्राको सञ्चितिमा पनि बढोत्तरी भएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार २०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा २४०९ अर्ब २५ करोड पुगेको हो ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

तथ्यांकले चालु आर्थिक वर्षको ८ महिनामा नेपालको वैदेशिक व्यापारमा पनि वृद्धि भएको देखाएको छ । आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई १५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई ११४५ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो ।

समीक्षा अवधिमा सरकारको चालु खाता १८० अर्ब ८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८९ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब ६३ करोड रहेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको छ ।

सरकारले चालु आर्थिक वर्षको ८ महिनामा चालु, पुँजीगत र वित्तीय व्यवस्था अन्तर्गतका सबै शीर्षकमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खर्च बढाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सरकारले कुल खर्चमा ४.७ प्रतिशतले वृद्धि गरेको छ । जसमा पुँजीगत खर्चमा भने जम्मा १.४ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

त्यस्तै, समीक्षा अवधिमा सरकारले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले राजस्व आम्दानी वृद्धि गरेको तथ्यांकले देखाएको छ ।

२०८१ फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३९२ अर्ब ३६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात रु.९३ अर्ब ९६ करोड रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ४.० प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा यस्तो कर्जा ३.९ प्रतिशतले बढेको छ । त्यस्तै, समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२.२ प्रतिशतले घटेको छ ।

बैंकिङ क्षेत्रमा समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जा प्रवाह दुवै बढ्न दुवै बढ्न पुगेको तथ्यांकले देखाएको छ भने बैंकिङ क्षेत्रको औसत ब्याजदर घट्न पुगेको छ ।

देशमा उद्योगधन्दा र उत्पादन क्षेत्रमा उल्लेख्य वृद्धि नभए पनि समीक्षा अवधिमा प्रक्षेपण गरिएको आधारमा मूल्यवृद्धि नभएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । २०८१ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको थियो ।

यस्तो छ प्रतिवेदन :

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ६ : १० बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच