नक्सालमा थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु « Khabarhub

नक्सालमा थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी सुरु


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सुनापति गाउँपालिका–४, रामेछापको आयोजना तथा ख्वप पौभा च्वमी पुचःको सहकार्यमा आजदेखि ‘थाङ्का/पौभा विशेष चित्रकला प्रदर्शनी’ सुरु भएको छ ।

काठमाडौंको नक्सालमा आज उक्त प्रदर्शनीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले कलाको उत्थानमा सरकारले सक्दो सहयोग गर्ने बताए । 

‘सरकारले यस्तो कलालाई चिन्न सकेको छैन । चिनाउन सकेको छैन । यस्तो कलालाई बचाउन सकियो भने देश बन्छ । कलाकारलाई चिन्यो भने देश बन्छ’, उनले भने ।

बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले थाङ्का/पौभा कला क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको बताए  ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई विश्वमाझ चिनाउन परम्परागत र रैथाने कला विशेष रहेको बताउँदै प्रदर्शनीमा सहभागी कलाकारहरूलाई बधाई ज्ञापन गरे  । उनले प्रतिष्ठानले २०८२ वैशाख २ गतेदेखि आयोजना गर्न लागेको ‘ललितकला मेला’ अवलोकनका लागि सबैलाई आह्वान गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले थाङ्का/पौभा क्षेत्रले हजारौँ नेपालीलाई रोजगार दिएको र देशको अर्थतन्त्रमा अर्बौँको योगदान दिइरहेको उल्लेख गरे  । 

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ०४ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त