मतगणना नसकिँदै नेपाल बारमा मिश्रको प्यानल विजयी हुने निश्चित, सबै पदमा दोब्बरको अग्रता « Khabarhub

मतगणना नसकिँदै नेपाल बारमा मिश्रको प्यानल विजयी हुने निश्चित, सबै पदमा दोब्बरको अग्रता


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसियनको मतगणना अन्तिम चरणमा पुगेको छ । नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको मतदानपछि जारी मतगणना अन्तिम चरणमा पुग्दा विजयप्रसाद मिश्रको प्यानलले जित पक्का गरेको हो ।

अब ५ सय मात्रै मत गन्न बाँकी रहँदा नेपाली कांग्रेस-नेकपा एमालेनिकट वकिलहरूको प्यानलले दोब्बर मतको अग्रता बनाएको छ ।

सत्तारूढ गठबन्धनबाट एमालेनिकट पीपीएलए र कांग्रेसनिकट डीएलएका साझा उम्मेदवार मिश्रले ४८९२ मतसहित जित पक्का गरिसकेका छन् ।

उता नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट वकिलहरूको प्यानलबाट अध्यक्षमा उठेका रमनकुमार श्रेष्ठ २२ सय २९ मतसहित पछ्याइरहेका छन् । मिश्र र श्रेष्ठबीचको मतान्तर नै २६ सय पुगिसकेको छ ।

उता महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाले ४७०४ मत ल्याउँदा माओवादी-रास्वपाका यज्ञमणि न्यौपानेले २०२९ मत ल्याउँदै पछ्याएका छन् । यस पदमा पनि कोइरालाको जित भइसकेको छ ।

उता आठवटै उपाध्यक्ष र कोषाध्यक्षमा पनि सत्तारूढ गठबन्धनका उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी हुने पक्का भइसकेको छ । बाँकी ५ सय मत रहेको अवस्थामा अब बिहीबार गणना सकेर परिणाम घोषणाको तयारी भएको छ ।

शनिबार भएको नेपाल बारको चुनावमा ९९ सय ५७ मतदातामध्ये करिब ८० प्रतिशतले मतदान गरेका थिए । नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा काठमाडौं र उपत्यकाबाहिरसमेत ३६ मदानकेन्द्र तोकिएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ०७ बजे

नेपाली नागरिक बोकेको बस भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं- भारतको उत्तर प्रदेश राज्यमा नेपाली नागरिक सवार बस दुर्घटना

जन्मदिनको शुभकामना दिँदै ईश्वरले खोजे विष्णुको साथ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र भएको

तीन दिनदेखि गाडीसहित बेपत्ता दीपेन्द्र केसीको शव भेटियो

उदयपुर– तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८

अरूका गलत भाष्य बोकेर नहिँड्न जेन-जीलाई गृहमन्त्रीको आग्रह

धनगढी– गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि