मतगणना नसकिँदै नेपाल बारमा मिश्रको प्यानल विजयी हुने निश्चित, सबै पदमा दोब्बरको अग्रता « Khabarhub

मतगणना नसकिँदै नेपाल बारमा मिश्रको प्यानल विजयी हुने निश्चित, सबै पदमा दोब्बरको अग्रता


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसियनको मतगणना अन्तिम चरणमा पुगेको छ । नयाँ नेतृत्व चयनका लागि गत शनिबार भएको मतदानपछि जारी मतगणना अन्तिम चरणमा पुग्दा विजयप्रसाद मिश्रको प्यानलले जित पक्का गरेको हो ।

अब ५ सय मात्रै मत गन्न बाँकी रहँदा नेपाली कांग्रेस-नेकपा एमालेनिकट वकिलहरूको प्यानलले दोब्बर मतको अग्रता बनाएको छ ।

सत्तारूढ गठबन्धनबाट एमालेनिकट पीपीएलए र कांग्रेसनिकट डीएलएका साझा उम्मेदवार मिश्रले ४८९२ मतसहित जित पक्का गरिसकेका छन् ।

उता नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट वकिलहरूको प्यानलबाट अध्यक्षमा उठेका रमनकुमार श्रेष्ठ २२ सय २९ मतसहित पछ्याइरहेका छन् । मिश्र र श्रेष्ठबीचको मतान्तर नै २६ सय पुगिसकेको छ ।

उता महासचिवमा पनि सत्ता गठबन्धनका केदार कोइरालाले ४७०४ मत ल्याउँदा माओवादी-रास्वपाका यज्ञमणि न्यौपानेले २०२९ मत ल्याउँदै पछ्याएका छन् । यस पदमा पनि कोइरालाको जित भइसकेको छ ।

उता आठवटै उपाध्यक्ष र कोषाध्यक्षमा पनि सत्तारूढ गठबन्धनका उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी हुने पक्का भइसकेको छ । बाँकी ५ सय मत रहेको अवस्थामा अब बिहीबार गणना सकेर परिणाम घोषणाको तयारी भएको छ ।

शनिबार भएको नेपाल बारको चुनावमा ९९ सय ५७ मतदातामध्ये करिब ८० प्रतिशतले मतदान गरेका थिए । नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा काठमाडौं र उपत्यकाबाहिरसमेत ३६ मदानकेन्द्र तोकिएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ०७ बजे

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी

आज २०८३ साल असार १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी