आठ महिनामा साढे १० खर्ब विप्रेषण « Khabarhub

आठ महिनामा साढे १० खर्ब विप्रेषण


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले बढेर रु १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख १७ हजार ६८ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार चार सय तीन रहेको छ । यो अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रु ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । यो अवधिमा रु आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।

गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति पछिल्लो आठ महिनामा १८ प्रतिशतले वृद्धि भई रु २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रु दुई खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ ।

चालु आर्थिक वर्षको आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : २१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित