देशका अधिकांश भागको मौसम सफा रहने | Khabarhub Khabarhub

देशका अधिकांश भागको मौसम सफा रहने


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : ३१ बजे

धादिङ–मलेखु सडक : भासिने र पहिरो जाने क्रम रोकिएन

धादिङ– धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि

थियाचिनबाट रेलमार्ग हुँदै प्रधानमन्त्री ओली पुगे बेइजिङ

काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको

नेपाल लाइफ इन्भेष्टमेन्टले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी

एभरेस्ट महिला भलिबल : कर्णालीका तीन विदेशी खेलाडी नेपाल आइपुगे

काठमाडौं – पोखरामा हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम बाँडफाँड

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको ‘एनआईसी एशिया इक्विटी लिंक्ड