सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक | Khabarhub Khabarhub

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन । तर, गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ। यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ ।

तर, छाला हेरचाह विशेषज्ञहरूले केही विशेष र अद्भूत चीजहरूको बारेमा बताएका छन्, जुन सुत्नु अघि अनुहारमा लगाउनाले छालालाई स्वस्थ र चम्किलो राख्छ। आउनुहोस् जानौं राती सुत्नुअघि अनुहारमा लगाउने  के के चीजहरू हुन् रु जो छालाको चमक कायम राख्न मदत गर्छ र छालासँग सम्बन्धित समस्याहरू पनि टाढा राख्छ। उसो भए, जानौँ ।

एलोवेरा जेल

एलोभेरा जेल छालाको लागि धेरै लाभदायक साबित हुन्छ। विशेषगरी गर्मी मौसममा यसले छालालाई राम्रोसँग मोइस्चराइज गर्छ। एलोवेरा जेलले छालालाई शीतलता प्रदान गर्दछ र घामको टेनिङ र घामको क्षतिबाट राहत प्रदान गर्दछ। राति अनुहार राम्ररी धोएपछि अनुहार सुकाउनुहोस्  । यसपछि एलोभेरा जेलले अनुहारमा केही समय मसाज गर्नुहोस् र त्यसपछि सुत्नुहोस्। बिहानै तपाईँको छाला हाइड्रेटेड र चम्किलो देखिनेछ।

टी ट्री आयल  

टी ट्री आयल छालालाई पोषण दिन्छ र छालाको धेरै समस्याहरू पनि हटाउँछ। यसले छालालाई मोइस्चराइज गर्छ र यसको साथसाथै अनुहारमा पिम्पल, दाग, जलन, घामको ट्यानिङ पनि हटाउँछ। यसको मद्दतले छालाको संक्रमणबाट पनि राहत मिल्छ । यसलाई नरिवलको तेलमा मिसाएर राती सुत्नुअघि अनुहारमा लगाउनु पर्छ । केही समय मसाज गरेपछि भिजेको कपासले अनुहार सफा गर्नुहोस् र सुत्नुहोस्।

गुलाब जल

घरमा गुलाब जल राख्नुपर्छ । यसलाई प्राकृतिक र उत्तम छाला हेरचाह भनिन्छ। गर्मीमा गुलाब जलले अनुहारको चमक कायम राख्छ र छालालाई प्राकृतिक रूपमा टोन गर्छ। जसले गर्दा छाला सफा र चम्किलो देखिन थाल्छ । राति सुत्नुअघि ग्लिसरीनमा गुलाब जल मिसाएर अनुहारमा लगाएर केही समय मसाज गर्नुहोस । बिहान फरक अनुभव प्राप्त गर्नु हुनेछ ।

नरिवल तेल
नरिवलको तेललाई आयुर्वेदमा छालाको लागि बरदान भनिएको छ। यसले छालालाई प्राकृतिक रूपमा मोइस्चराइज गर्छ। यसले छालालाई आवश्यक पोषण प्रदान गर्छ। छालालाई हाइड्रेटेड राख्नुका साथै यसले छालासँग सम्बन्धित धेरै समस्याबाट पनि बचाउँछ। यसको मद्दतले छालाको टोन पनि हट्छ र छाला चम्किलो हुन थाल्छ। राति अनुहारमा मनतातो नरिवलको तेल लगाउनाले अनुहारमा चमक आउन थाल्छ ।

भिटामिन सी सीरम
भिटामिन सी सीरमको मद्दतले छालामा कोलाजेन उत्पादन बढ्छ। यो सीरमले अनुहारलाई संक्रमणबाट बचाउँछ र छालालाई जवान राख्न मद्दत गर्छ। यसको मद्दतले छालालाई मोइस्चराइजेसन प्राप्त हुन्छ र रंग सफा हुन्छ। यसले दाग धब्बा कम गर्छ र छालालाई चम्किलो बनाउँछ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ४१ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन