नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण « Khabarhub

नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस सङ्क्रमण भएको छ । 

नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका  केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका  मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् । 

मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाका अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा नजिकको विद्यालयमा अध्ययनरत विद्यार्थीमा सङ्क्रमण देखिएको हो । उनले पानी वा खानेकुराबाट सङ्क्रमण भएको हुनसक्ने आशंकामा नमूना संकलन गरी परीक्षणमा पठाइएको बताए। सङ्क्रमितमध्ये अस्पतालमै कार्यरत एकजना चिकित्सकसमेत रहेको पाइएको छ ।

मंगबारदेखि जन्डिसलगायतक लक्षणसहित बिरामी अस्पताल आउन थालेपछी नमूना संकलन गरी परीक्षण गर्दा हेपाटाइटिस सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट झाले ‘हेपाटाइटिस–ए’ वा ‘इ’ हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन गर्न सकिने बताए । 

यसैबीच, सङ्क्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, नगर प्रमुख कुन्साङ लामालगायत पदाधिकारीले चिकित्सकको टोलीसँग छलफल गरी जानकारी लिएका छन् । भकुण्डेबेँसी क्षेत्रमा वितरित खानेपानी तथा बजार क्षेत्रमा बिक्री भइरहेका पानीपुरीलगायत खाद्यान्नका कारण सङ्क्रमण भएको आशंका गरिएको छ ।

सङ्क्रमितको सजगताका साथ उपचार गर्नेबारेमा चिकित्सकबीच छलफल भएको अस्पतालले जनाएको छ । सङ्क्रमण फैलिन नदिन सचेत रहन आग्रह गर्दै खानेपानी, खानेकुरा र सरसफाइमा ध्यान दिन पनि अस्पतालले अनुरोध गरेको छ । अस्पतालबाट प्रभावित क्षेत्रमा खानेपानी शुद्धीकरण गर्न क्लोरिनलगायत रसायन वितरण गरिएको छ । 
 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : १४ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय