नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी  « Khabarhub

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा एक–अर्कालाई साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गर्ने होडबाजी चलेको छ । 

केन्द्रीय सदस्यहरू अनुराग शाह र अशोकसिंह बिष्टले आफूहरूलाई कारबाही गर्ने केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई नै कारबाही गरिएको दावी गरेका छन् । 
उनीहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै केन्द्रीय शेर्पासँगै केन्द्रीय सदस्य परोपकार अधिकारीलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।
 
‘नेविसंघको विधान, २०२७ (संशोधन सहित) को धारा २४ ९२० तथा आचारसहिता, २०८१ को नियम १५ (क), (ग) र नियम ७ बमोजिमको व्यवस्थाबमोजिम अनुशासनको कारबाही गरी आजकै मितिबाट लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
 
यसअघि आरआर क्याम्पसको स्ववियु निर्वाचनको विषयलाई लिएर अध्यक्ष शेर्पाले शाह र बिष्टलाई कारबाही गरेका थिए । शाह कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र बिष्ट गृहमन्त्री रमेश लेखकनिकट मानिन्छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : ०६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना