भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद « Khabarhub

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न सामान सहित तीन थान मोटरसाइकल बरामद गरेको छ।

विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका -१ स्थित भारतबाट अवैध रुपमा भित्र्याएको  कपडा, किराना , लगायतका सामान बोकेको तीन थान मोटरसाइकल बरामद गरेको हो।

प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाइकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ।  तस्करीको सामान बोक्न प्रयोग गरिएको विआर ०६ ,७१४५, विआर ०५ एएम ६२५० र एउटा नम्बर नभएको मोटरसाइकल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।  त्यसैगरी जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले बिहीबार एकलख २६ हजार बराबरको किराना लगायतको सामान बरामद गरेको छ।

बरामद कपडा, किराना लगायतका सामानसँगै तीनवटै मोटरसाइकल आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ३५ बजे

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित