भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद « Khabarhub

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न सामान सहित तीन थान मोटरसाइकल बरामद गरेको छ।

विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले ईशनाथ नगरपालिका -१ स्थित भारतबाट अवैध रुपमा भित्र्याएको  कपडा, किराना , लगायतका सामान बोकेको तीन थान मोटरसाइकल बरामद गरेको हो।

प्रहरी गस्ती टोलीलाई हेरेर मोटरसाइकल छोडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ।  तस्करीको सामान बोक्न प्रयोग गरिएको विआर ०६ ,७१४५, विआर ०५ एएम ६२५० र एउटा नम्बर नभएको मोटरसाइकल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।  त्यसैगरी जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले बिहीबार एकलख २६ हजार बराबरको किराना लगायतको सामान बरामद गरेको छ।

बरामद कपडा, किराना लगायतका सामानसँगै तीनवटै मोटरसाइकल आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना