भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमण ‘जायज’ : कांग्रेस « Khabarhub

भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमण ‘जायज’ : कांग्रेस


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले कश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि भारतका तर्फबाट भएको पाकिस्तानमाथिको आक्रमणलाई ‘जायज आक्रमण’ भनेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमणलाई ‘जायज आक्रमण’ भनेको हो ।   

‘हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले प्रश्रय नदेओस् भन्ने पक्षमा छौँ,’ बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘आतंकवादलाई निरुत्साहित गर्ने तर्फको काममा हामी साथमा छौँ । सांसरभर जहाँ सुकै यस्ता घटना भए पनि खिलापमा हामी छौँ भन्ने नै हामीले निष्कर्ष निकालेका छौँ ।’ 

उनले भारत र पाकिस्तानबीचको द्वन्द्व युद्धमा परिणत नहोस् भन्ने चाहना कांग्रेसको रहेको पनि बताए ।

 ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ । आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट जबाफी आक्रमण भएको छ,’ प्रवक्ता महतले भने, ‘फूलस्केल युद्धको रुपमा परिणत नहोस् र शान्ति चाँडै बहाल होस् भन्ने हामी चाहन्छौँ ।’ 

प्रवक्ता महतले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले द्वन्द्वकालीन घटनाहरूलाई निष्पक्ष रुपमा टुंग्याउन टीआरसीसम्बन्धी आयोगलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए । 

‘निष्पक्ष ढंगबाट बेपत्ता व्यक्तिहरूको विषय र सत्यनिरूपण तथा मेलमिलापको विषयमा टुंगो लगाउने गरी कमिसन अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ,’ महतले भने, ‘सँगसँगै जति पनि संवैधानिक संरचनाहरू छन्, त्यसलाई पूर्ति गर्ने विषय पनि सरकारले प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ भन्ने कुराहरू पनि हामीले गर्‍यौँ ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ४१ बजे

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष