भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमण ‘जायज’ : कांग्रेस « Khabarhub

भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमण ‘जायज’ : कांग्रेस


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले कश्मिरको पहलगाममा भएको आतंककारी हमलापछि भारतका तर्फबाट भएको पाकिस्तानमाथिको आक्रमणलाई ‘जायज आक्रमण’ भनेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले भारतले पाकिस्तानमाथि आतंकवादविरुद्ध गरेको आक्रमणलाई ‘जायज आक्रमण’ भनेको हो ।   

‘हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले प्रश्रय नदेओस् भन्ने पक्षमा छौँ,’ बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘आतंकवादलाई निरुत्साहित गर्ने तर्फको काममा हामी साथमा छौँ । सांसरभर जहाँ सुकै यस्ता घटना भए पनि खिलापमा हामी छौँ भन्ने नै हामीले निष्कर्ष निकालेका छौँ ।’ 

उनले भारत र पाकिस्तानबीचको द्वन्द्व युद्धमा परिणत नहोस् भन्ने चाहना कांग्रेसको रहेको पनि बताए ।

 ‘अहिले युद्धको स्थिति सिर्जना भएको छ । आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट जबाफी आक्रमण भएको छ,’ प्रवक्ता महतले भने, ‘फूलस्केल युद्धको रुपमा परिणत नहोस् र शान्ति चाँडै बहाल होस् भन्ने हामी चाहन्छौँ ।’ 

प्रवक्ता महतले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले द्वन्द्वकालीन घटनाहरूलाई निष्पक्ष रुपमा टुंग्याउन टीआरसीसम्बन्धी आयोगलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको पनि जानकारी दिए । 

‘निष्पक्ष ढंगबाट बेपत्ता व्यक्तिहरूको विषय र सत्यनिरूपण तथा मेलमिलापको विषयमा टुंगो लगाउने गरी कमिसन अगाडि बढाउनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ,’ महतले भने, ‘सँगसँगै जति पनि संवैधानिक संरचनाहरू छन्, त्यसलाई पूर्ति गर्ने विषय पनि सरकारले प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ भन्ने कुराहरू पनि हामीले गर्‍यौँ ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ४१ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको