पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित « Khabarhub

पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतका २४ विमानस्थलमा उडान स्थगित


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ ।

भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण शुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ ।

बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता शहरहरूमा रहेका छन् ।

एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् ।

स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।

भारतीय एयरलाइन्सहरूले अन्य विमानस्थलहरूबाट उड्ने यात्रुहरूलाई सुरक्षा उपायहरू बढाउने सरकारी सूचना उल्लेख गर्दै प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् ।

बुधबारको आक्रमणहरू नयाँदिल्लीले विवादित काश्मीरको भारत प्रशासित भागमा पर्यटकहरूमाथि भएको आक्रमणलाई समर्थन गरेको आरोप इस्लामावादमाथि लगाएको दुई हप्तापछि आएको हो । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

त्यसयता मुख्य प्रतिद्वन्द्वीहरूले काश्मीरमा आफ्नो विवादित सीमा पार गरेर ड्रोन र क्षेप्यास्त्रहरूका साथै तोप चलाएका छन् । हिंसाले दक्षिण एशियाका दुई छिमेकीबीच व्यापक सङ्घर्षको डर बढाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १२ : ४६ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा