बृहत्तर बराहक्षेत्र विकास समितिको ४ निर्णय, कार्यकारी निर्देशकको नियुक्ति अन्योल « Khabarhub

बृहत्तर बराहक्षेत्र विकास समितिको ४ निर्णय, कार्यकारी निर्देशकको नियुक्ति अन्योल


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेश सरकारको ३९औं मन्त्रीपरिषदको निर्णयअनुसार बृहत्तर बराहक्षेत्र विकास समितिमा अध्यक्ष नियुक्त भएपछि बसेको पहिलो बैठकले ४ निर्णय गरेको छ ।

कर्मचारी व्यवस्थापन सम्बन्धमा गठन आदेश हेरेर कर्मचारी प्रस्ताव गर्ने, चालु कार्ययोजना पास गर्ने र आगामी आर्थिक वर्षका लागि बजेट माग गर्नेलगायत निर्णय भएको कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता दामोदर फुयलले जानकारी दिए ।

विकास समितिमा अध्यक्षसहित सदस्यहरू नियुक्त गरे पनि प्रदेश सरकारले सदस्य सचिव (कार्यकारी निर्देशक) नियुक्त गरेको छैन । प्रवक्ता फुयलले सदस्य सचिवको नियुक्तिका लागि प्रक्रियामा जाने बताए ।

‘प्रदेश सरकारका तीन सचिव रहेको छनोट समिति छ, मन्त्रालयले सूचना आह्वान गर्ने छ र योग्यता पुगेका इच्छुकले आवेदन दिन सक्नेछन् ।’ प्रवक्ता फुयलले भने । सदस्य सचिवका लागि गठन आदेशले तोकेको योग्यताअनुसारका उम्मेदवारले आवेदन गर्न सक्ने प्रवक्ता फुयलले बताए ।

बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश २०८१ अनुसार कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ । गठन आदेशको दफा ८ को उपदफा ३ ले कार्यकारी निर्देशकको योग्यता तोकेको छ । योग्यतामा ३५ वर्ष पूरा भई कम्तिमा स्नातक उपाधि हासिल गरेको र धर्म, संस्कृतिको क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने तोकेको छ ।

यस अघि विकास समितिको अध्यक्षमा प्रकाश बस्नेत नियुक्त भएका छन् भने सदस्यहरूमा प्रल्लाद भट्टराई, लक्ष्मीराज अधिकारी, टीकाकुमारी श्रेष्ठलाई नियुक्त गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ०२ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।