युद्धको मारमा आईपीएल : भएका थिएनन् लिग चरणकै १२ खेल, पहिलो र दोस्रोमा थिए गुजरात र बेंगलुरू | Khabarhub Khabarhub

युद्धको मारमा आईपीएल : भएका थिएनन् लिग चरणकै १२ खेल, पहिलो र दोस्रोमा थिए गुजरात र बेंगलुरू


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– हिमाचल प्रदेशको धर्मशाला रंगशालामा बिहीबार पञ्जाब र दिल्लीबीचको खेल १० ओभर १ बलसम्म भइसकेको थियो । त्यसैबेला सुरक्षा कारणले फ्लड लाइट बन्द गरियो । केहीबेरमै खेलाडी र दर्शकलाई मैदानबाट बाहिर निकालेर खेल रद्द गरियो । रंगशालामा तत्कालै ‘ब्ल्याकआउट’ भयो ।

पाकिस्तानसँगको बढ्दो तनावका कारण बीसीसीआईले आईपीएल स्थगित गरेको छ । यद्यपि, बीसीसीआईले नयाँ मिति घोषणा गरेको छैन । प्रतियोगितामा अझै लिग चरणका १२ खेल बाँकी छन् । प्रतियोगिताको फाइनल २५ मेमा हुने तय गरिएको थियो ।

यो जानकारी प्रेस ट्रस्ट अफ इन्डियाले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै दिएको हो । बीसीसीआईका एक अधिकारीले पीटीआईसँग भने, ‘देशमा युद्ध चलिरहेको बेला क्रिकेट खेल्नु राम्रो हुँदैन ।’

पञ्जाब र दिल्लीबीचको खेल पनि बिहीबार रद्द भइसकेको छ । पाकिस्तानले बिहीबार राति करिब साढे ८ बजे भारतको जम्मु, पञ्जाब र राजस्थान सीमा क्षेत्रमा मिसाइल र ड्रोन हमला गरेको थियो ।

त्यसबेला पञ्जाबले पहिले ब्याटिङ गर्दै १० ओभर १ बलमा १ विकेटको क्षतिमा १२२ रन बनाइसकेको थियो । अचानक मैदानका फ्लडलाइटहरू बन्द गरिए र दर्शकलाई घर फर्काइयो । युद्धजन्य स्थितिलाई ध्यानमा राखेर शहरमा ‘ब्ल्याकआउट’ गरियो । अनि खेल रद्द गरियो । यो लिग चरणको ५८औँ खेल थियो ।

गुजरात शीर्षमा, तीन टिम बाहिर

आईपीएल बीचमा रोकिँदासम्म लिग चरणका ५७ खेल पूरा भइसकेका थिए । ५८औं खेल बीचमै रोकियो । ५७ खेलपछि अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोरसँग समान १६ अंक थिए ।

राम्रो रनरेटका कारण गुजरात शीर्ष स्थानमा रह्यो । पञ्जाब तेस्रो, मुम्बई चौथो र दिल्ली पाँचौं स्थानमा थिए । उता चेन्नई, राजस्थान र हैदराबादको टोली प्लेअफ दौडबाट बाहिरिएका थिए ।

गुजरात र बैंगलोरका ३–३ खेल बाँकी

प्रतियोगिता रोकिँदासम्म ४ टिमका समान २ खेल बाँकी थिए । त्यस्तै गुजरात र बैंगलोरसहित ६ टिमका समान ३ खेल अझै हुन बाँकी थिए । शुक्रबार लखनऊ र बैंगलोरबीच लखनऊमा खेल हुने तय थियो । तर त्यसअघि नै प्रतियोगिता रोकिएको छ । बीसीसीआईले अर्को मिति तय गरेको छैन । उता पाकिस्तानमा पाकिस्तान सुपर लिगका बाँकी खेल यूएईमा गरिने भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ०५ बजे

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

एजेन्सी– युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेंस्कीले हालै एक वक्तव्य जारी गर्दै,

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा