अझै कलाकार चयनमै ‘महाराजधिराज’ टिम, कहिले हुन्छ छायाङ्कन ? « Khabarhub

अझै कलाकार चयनमै ‘महाराजधिराज’ टिम, कहिले हुन्छ छायाङ्कन ?


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परिच्छेद सेनको निर्देशनमा बन्न लागेको फिल्ममा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएकी छन् । उनले बिहीबार कागजी सम्झौता गरेको निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको हो ।

पल शाह केन्द्रीय नायक रहने भनिएको यो फिल्म निर्माणको घोषणा गत वर्षको माघ गरिएको थियो । फिल्मको प्रदर्शन मिति आगामी असोज १३ गते फूलपातीलाई तोकिएको छ ।

प्रदर्शन मिति आउन ५ महिना बाँकी रहँदा पनि यस फिल्मको छायाङ्कन सुरु भएको छैन । वैशाखमा बल्ल निर्माण टिम कलाकार चयनमा तातेको छ ।

निर्माण पक्षले वैशाख १७ मा नायक रमेश उप्रेतीलाई अनुबन्ध गरेको थियो भने गत यही बुधबार नायक आर्यन सिग्देल अनुबन्ध भएका छन् ।

३ महिनाअघि फिल्म निर्माण घोषण भएको यस फिल्ममा तीन नायक अनुबन्ध भइसक्दा पनि नायिकाको टुंगो लागेको थिएन । यही अवस्थामा वर्षा फाइनल भएकी हुन् ।

यी चारसहित कलाकारमा जयकिशन बस्नेत फाइनल भइसक्दा पनि निर्माण टिमले छायाङ्कनबारे जानकारी दिएको छैन । अझै छायाङ्कनमा ढिलो भएको अवस्थामा फूलपातीमा यस फिल्म प्रदर्शनमा ल्याउन निर्देशक सेनलाई चुनौती पर्ने देखिन्छ ।

यस फिल्मको लेखक निर्देशक सेन आफैँ हुन् । प्रस्तुतकर्ता विराज बिष्ट यस फिल्मक निर्माताहरु टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : २५ बजे

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने