भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह « Khabarhub

भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । राजदूतावासले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो ।

राजदूतावासले संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न पनि आग्रह गरेको छ ।

‘भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्वन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँ दिल्ली अनुरोध गर्दछ ।’ दूतावासको सूचनामा भनिएको छ ।

राजदूतावासले कुनै आपतकालीन अवस्था आएमा आवश्यक समन्वय र सहजीकरणका लागि नयाँ दिल्लीस्थित राजदूतावास वा को टेलिफोन वा कोलकत्तास्थित नेपाली महावाणिज्यदूतावासका टेलिफोन वा हटलाइनमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ३९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा