टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए « Khabarhub

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । पालिकामा कांग्रेसबाट टिकट नपाएपछि बोहरा रिसाएर नेकपा एमाले प्रवेश गरेका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने शर्तसहित उनी एमाले प्रवेश गरेका थिए ।

बोहरालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् । बाजुराका कांग्रेस नेताहरूको उपस्थितिमा फर्किएका बोहराको स्वागतमा पदम गिरीको उपस्थिति भने देखिएन । कांग्रेस बाजुरा सभापति रामसिंह रावल, नेताहरू जनकराज गिरी, कविराज पण्डित, महा नेपाली, जुना दानी, चक्र शाहसहित प्रवेश कार्यक्रमका सहभागी थिए ।

तत्कालीन नेपाली कांग्रेस निर्वाचन क्षेत्र प्रदेश ‘क’ का क्षेत्रीय कार्यसमिति सभापतिसमेत रहेका बोहराले जित लगत्तै कांग्रेस फर्किने मनसायमा थिए । नेपाली कांग्रेसले समेत बेवास्ता गरेपछि एमालेमै अढाई वर्ष बिताएका थिए । तत्कालीन नगर प्रमुख पदम गिरीलाई नै कांग्रेसले टिकट दिएपछि बोहरा बिच्किएका थिए ।

आफूले टिकट पाउने, उपप्रमुखमा एमालेसँगै मिलेर जित्ने र पदम गिरीलाई जसरी पनि हराउने नियतका साथ बोहरा एमाले प्रवेश गरेका थिए । त्यो बेला नेकपा एमालेको पक्षमा बढ्दो लहर र कांग्रेस नेतृत्वको ५ वर्ष नगर सरकारको कार्यकालदेखि हैरान बनेका स्थानीयले भारी अन्तरले नगर प्रमुख र उपप्रमुख दुबैलाई जिताएका थिए ।

एमालेको तर्फबाट उम्मेदवार बनेका जनककुमार बोहराले पदम गिरीलाई १८ सय बढी मत अन्तरले हराएका थिए । गुलाब चिह्नबाट स्वतन्त्र बनेर एमालेको सहयोगमा जितेका बोहराले पनि कांग्रेसकै रीता शाहीविरुद्ध शानदार जित दर्ता गराएका थिए । तीन दशक नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बोहरा नेकपा एमालेमा सहज समायोजन हुन सकेनन् ।

एमालेका नेता कार्यकर्ताले दिनु पर्ने मान सम्मान र स्थान नदिएको गुनासो बोहराको थियो । गत जेठमा सम्पन्न नेकपा एमाले बाजुराको आठौं जिल्ला अधिवेशनमा पदाधिकारी बन्ने चाहना राखेका बोहरालाई नपत्याएको उनको आक्रोश थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : १२ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा