जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह « Khabarhub

जम्मुमा आज पनि ब्ल्याकआउट, स्थानीयलाई घरभित्रै बस्न आग्रह


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको छ । पाकिस्तानले आज पनि आक्रमण गर्ने जोखिमलाई ध्यानमा राख्दै कश्मिरमा ‘ब्ल्याकआउट’ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहका अनुसार शहरभर साइरनको आवाज सुनिएको छ । उनले सामाजिक सञ्जालमा लखेको छन्, ‘आज पनि जम्मुमा ब्ल्याकआउट गरिएको छ । साइरनको आवाज पनि शहरभरि सुन्न सकिन्छ । त्यहाँ मानिसहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।

बिहीबार राति पाकिस्तानले आक्रमण गरेपछि सिमाव्रती जिल्लाहरुमा ‘ब्ल्याकआउट’ गरिएको थियो । पाकिस्तानले आज पनि ड्रोन आक्रमण गरिरहेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

शुक्रबार साँझ पनि जम्मु, पठानकोट, अमृत शहर लगायतका क्षेत्रको आकाशमा पाकिस्तानी ड्रोन देखिएको समाचारमा उल्लेख छ ।

गत अप्रिल २२ का दिन भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा २६ जना पर्यटकको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानविरुद्ध अपरेशन सिन्दूर चलाएको थियो । जसअनुसार उसले बुधबार सबेरै पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न ९ स्थानलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । त्यसपछि दुई देशबीच तनाव चुलिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : ३६ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न