आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २६ गते सोमबारको राशिफल


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २६ गते सोमबार। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ जुन ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। उत्तरको एकल यात्रा नगर्नु उचित हुन्छ। सम्पत्तिको लोभ गर्दा इज्जतमा प्रश्न उठ्नेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढेमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ।

वृष : दिन राम्रो छ। साथीले साथ दिनेछन्। काम सहजै बन्नेछ। स्वास्थ्यमा सुधार हुने छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुनः तपाईंको बोलीमा सरस्वतीको बास छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। खर्च बढे पनि इज्जत बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

कर्कट : शिक्षामा जोश जाँगर बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बन्धुसँगको सहकार्यले लाभ मिल्ने दिन रहेको छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नुपर्ने छ।

सिंह : अढैया शनिको प्रभावले परिवारभित्र मतभेद बढ्नेछ। आफन्तबाट अपहेलना हुने दिन छ। थोरै बोलेर अघि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ।

कन्या : दिन राम्रो रहेको छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। संस्थागत प्रगति हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। दाम्पत्य जीवनमा भने तपाईंले हारेर अघि बढ्नुपर्ने छ।

तुला : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्।

वृश्चिक : आफूले गरेको काममा मन खुसी हुनेछ। स्वास्थ्यमा गढबढी हुनसक्छ। शिक्षामा गरेको अथक प्रयासले सार्थकता पाउनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्नेछ। परिवारको सल्लाह लिएर अघि बढ्नुहोला।

धनु : दिन सामान्य रहेको छ। आफूभन्दा ठूला व्यक्तिको सहयोग लिएर मात्रै काम गर्नुहोला। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा भने सुधारका संकेत फेला पर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ।

मकर : दिन निकै राम्रो छ। आज गरेको लगानीले दीर्घकालसम्म साथ दिनेछ। स्वास्थ्यमा सुधार हुनेछ। मनमा प्रशंन्नता बढ्नेछ। शिक्षामा लगानी गर्नु आजको लागि फलदायी हुनेछ।

कुम्भ : दिन सामान्य रहेको छ। अनावश्यक यात्रामा धन खर्च हुनेछ। शत्रु बढ्नेछन्। अन्त्य साढेसाती दशा चलिरहेकाले शनिदेवको बसाई अनुसारको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध यथावत रहला।

मीन : आजको दिन जोखिमपूर्ण रहेको छ। बोलीको कारणले आफन्त चिडिन सक्छन्। आम्दानी कम हुनेछ। साथीभाइसँग मनमुटाव हुनेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर मात्रै अगाडि बढ्नुहोला। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ०५ बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र