सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा कायम गरेको छ।

युरोपियन युरो एकको खरिदर १५५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५६ रुपियाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपियाँ ९० पैसा र बिक्रीदर १८५ रुपियाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १६६ रुपियाँ ३८ पैसा र बिक्रीदर १६७ रुपियाँ ११ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपियाँ ७६ पैसा र बिक्रीदर ८९ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९९ रुपियाँ ८४ पैसा र बिक्रीदर १०० रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रुपियाँ २ पैसा र बिक्रीदर १०६ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी जापानी येन १० को खरिदर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ २ पैसा र बिक्रीदर १९ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपियाँ ३४ पैसा र बिक्रीदर ३२ रुपियाँ ४८ पैसा, साउथ कोरियन वन एक सयको खरिद १० रुपियाँ ५ पैसा र बिक्रीदर १० रुपियाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपियाँ ८९ पैसा र बिक्रीदर २० रुपियाँ ९८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिदर ४४५ रुपियाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रुपियाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिदर ३५५ रुयैयाँ ७ पैसा र विक्रिदर ३५६ रुपियाँ ६३ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : २४ बजे

इरानमाथि युद्ध थोपरिएपछि विरोधमा उत्रियो स्पेन, ट्रम्पले दिए धम्की

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इरानमाथि भएको आक्रमणको आलोचना गरेका

जावलाखेल मतदान केन्द्र महिलामैत्री बनाइयो

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुरको क्षेत्र नम्बर

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले

गृहमन्त्रीद्वारा काठमाडौंको तार्केश्वरको मतदान स्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत

२४ घण्टाभित्रै प्रत्यक्षतर्फको नजिता प्रकाशित गर्छौँ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा