विपद्‍मा मधेस : चालु आर्थिक वर्षमै ४२२ को मृत्यु « Khabarhub

विपद्‍मा मधेस : चालु आर्थिक वर्षमै ४२२ को मृत्यु


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्‍मा परी ४२२ जनाको ज्यान गएको छ। बर्दिवासमा मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो।

साना ठूला गरी यस अवधिमा दुई हजार २५८ विपद्का घटना घटेकामा ९०० जना घाइते र ५६ करोड ६७ लाख २४ हजार २१२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ।

प्रदेशका आठ वटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण वर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आँकलन छ। यो सङ्ख्या प्रदेशका ५२ हजार ३३१ प्रिवारको रहेको प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले स्पष्ट पारे।

महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लालाई समेटेर गरिएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिवसहितका अधिकारी, प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। विपद् प्रतिकार्य र उद्धारमा सरिक हुँदै आएका सामाजिक सङ्घसंस्थाका अधिकांश अगुवाहरुले विपद् लापरबाही र अटेरीपनले पनि हुने गरेका टिप्पणी गरे।

विकास योजना सञ्चालन गर्दा विपद् सम्वेदनशीलता नअपनाइने सहभागीहरुले टिप्पणी गरे। मधेसमा डुबान, कटानजस्ता विपद् सडक बनाइँदा बन्द गरिएका ढल, पानीको प्राकृतिक निकास अवरुद्ध र इटा, बालु, ढुङ्गा र फलामे छड जथाभावी राखिने क्रमले पनि हुने गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। महोत्तरीका सात वटा स्थानीय तह सधैँ वर्खा सुरु हुनासाथ कटान र डुबानको जोखिममा रहने गरेका उनको भनाइ छ।

विपद्का प्रकृति, अवस्था र निदानका उपायबारे स्थानीय तहले नै प्रारम्भिक नक्साङ्न गरेर जिल्लास्थित विपद् व्यवस्थापन समिति, प्रादेशिक र सङ्घीय सरकारमा पहलकदमी लिन पर्नेमा त्यस्तो हुन नसकेको सहभागीको गुनासो थियो।

प्रदेशमै विपद् पूर्वतयारीका काम खासै नभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको स्वीकारोक्ति छ। यसअघि यस्तो प्रयास भएको नपाइएपनि जनधनको सुरक्षार्थ यसपालि बर्खापूर्व योजनाबद्ध तयारी थालिएको उनले जानकारी दिए। आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमा विपद् बचावका कार्यक्रम समावेस गरिने, प्रतिकार्य र उद्धार प्रभावकारी बनाउन कार्ययोजना बनाइने उनले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : ०१ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।