विपद्‍मा मधेस : चालु आर्थिक वर्षमै ४२२ को मृत्यु « Khabarhub

विपद्‍मा मधेस : चालु आर्थिक वर्षमै ४२२ को मृत्यु


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्‍मा परी ४२२ जनाको ज्यान गएको छ। बर्दिवासमा मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो।

साना ठूला गरी यस अवधिमा दुई हजार २५८ विपद्का घटना घटेकामा ९०० जना घाइते र ५६ करोड ६७ लाख २४ हजार २१२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ।

प्रदेशका आठ वटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण वर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आँकलन छ। यो सङ्ख्या प्रदेशका ५२ हजार ३३१ प्रिवारको रहेको प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले स्पष्ट पारे।

महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लालाई समेटेर गरिएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिवसहितका अधिकारी, प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। विपद् प्रतिकार्य र उद्धारमा सरिक हुँदै आएका सामाजिक सङ्घसंस्थाका अधिकांश अगुवाहरुले विपद् लापरबाही र अटेरीपनले पनि हुने गरेका टिप्पणी गरे।

विकास योजना सञ्चालन गर्दा विपद् सम्वेदनशीलता नअपनाइने सहभागीहरुले टिप्पणी गरे। मधेसमा डुबान, कटानजस्ता विपद् सडक बनाइँदा बन्द गरिएका ढल, पानीको प्राकृतिक निकास अवरुद्ध र इटा, बालु, ढुङ्गा र फलामे छड जथाभावी राखिने क्रमले पनि हुने गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। महोत्तरीका सात वटा स्थानीय तह सधैँ वर्खा सुरु हुनासाथ कटान र डुबानको जोखिममा रहने गरेका उनको भनाइ छ।

विपद्का प्रकृति, अवस्था र निदानका उपायबारे स्थानीय तहले नै प्रारम्भिक नक्साङ्न गरेर जिल्लास्थित विपद् व्यवस्थापन समिति, प्रादेशिक र सङ्घीय सरकारमा पहलकदमी लिन पर्नेमा त्यस्तो हुन नसकेको सहभागीको गुनासो थियो।

प्रदेशमै विपद् पूर्वतयारीका काम खासै नभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको स्वीकारोक्ति छ। यसअघि यस्तो प्रयास भएको नपाइएपनि जनधनको सुरक्षार्थ यसपालि बर्खापूर्व योजनाबद्ध तयारी थालिएको उनले जानकारी दिए। आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमा विपद् बचावका कार्यक्रम समावेस गरिने, प्रतिकार्य र उद्धार प्रभावकारी बनाउन कार्ययोजना बनाइने उनले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : ०१ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा