ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन « Khabarhub

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरे पनि लस एन्जलसमा आप्रवासीको प्रदर्शन रोकिएको छैन। आप्रवासी धरपकडको विरुद्धमा लस एन्जलसमा शुक्रबार सुरु भएको प्रदर्शन आइतबार पनि जारी छ। सुरक्षाकर्मीले अश्रुग्याँस प्रयोग गरिरहेका दृश्य सार्वजनिक भइरहेका छन्।

डेमोक्र्याट गर्भनरले भने कसैसँग सल्लाह नगरी राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गरेका छन्। उनीहरूको संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा गार्ड राज्य स्तरमा रहने भए पनि ट्रम्पले शक्तिको दुरुपयोग गदै यसलाई आफै प्रयोग गरेको आरोप लगाएका हुन्।

काङ्ग्रेसकी सदस्य म्याक्सिन वाटर्सले गिरफ्तार भएका मजदुर नेता डेभिड हुरेटाको अवस्थाको जानकारी माग गरेकी छिन्। हुरेटालाई शुक्रबार गिरफ्तार गरिएको थियो। उनलाई गिरफ्तारपछि घाइते भएको भन्दै अस्पताल लगिएको थियो।

लस एन्जलसमा बाटाहरू अहिले बन्द भएका छन्। क्यालिफोर्निया प्रहरीले सामाजिक सञ्जालमा हाइवे गस्ती प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई त्यहाँबाट हटाउने चेतावनी दिएको छ। क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर गेभिन न्युसमले त्यहाँ प्रयोग गरिएका गार्ड आफ्नो कमान्डमा मात्र चल्नु पर्ने कुरामा जोड दिएका छन्।

न्युसमले प्रदर्शनकारीलाई शान्त रहनका लागि अपिल गरेका छन्। उनले प्रदर्शनकारीलाई सम्बोधन गर्दै हिंसा मच्चिएमा त्यो ट्रम्पले चाहे अनुसार नै हुने बताए। उनले राष्ट्रपति ट्रम्पको इच्छा पुरा हुन नदिनका लागि शान्त रहन भनेका हुन्।

संसद्का सभामुख माइक जोन्सनले भने राष्ट्रपतिले राष्ट्रिय सुरक्षा गार्ड उतारेर देशको आवश्यकता अनुसार सही गरेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा हिंसात्मक विद्रोही भीडले अवैध आप्रवासी डिपोर्टको अभियानलाई बिथोल्न खोजेको बताएका छन्।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : २९ बजे

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८