मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता « Khabarhub

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली सेनाले नियन्त्रणमा लिएको समाचार बाहिर आएको छ।

फ्रिडम कोटिला कोलिसन (एफएफसी)का अनुसार त्यो जहाजसम्पर्क बाहिर गएको छ। टेलिग्राम एपमा सो समूहले जनाए अनुसार जहाजमा लाइफ ज्याकेट लगाएका देख्न सकिन्छ।

यसरी नियन्त्रणमा लिइएको जहाजमा वातावरण अभियन्ता ग्रेटा थनवर्ग लगायत रहेको जनाइन्छ। त्यसलाई इजिप्टको तटमा लगेको समाचार छ। केही समय अघि इजरायली विदेश मन्त्रालयले प्रतिबन्धित क्षेत्रमा जहाज गइरहेको जनाएको थियो। इजरायलले हमासलाई हतियार पुग्न रोक्नका लागि यो प्रतिबन्ध आवश्यक रहेको जनाएको छ।

एफएसीले जनाए अनुसार राहत सामग्री लिएर सो जहाज शुक्रबार इटालीको सिसिलीबाट हिँडेको थियो।

इजरायलका रक्षा मन्त्री एरिक काजले पानी जहाजलाई फिर्ता गर्ने बताउँदै त्यसलाई प्रतिबन्ध कुनै पनि हालतमा लागु गरी छाड्ने बताएका छन्।

उनले सन् २००७ देखि नै हमासलाई हतियार उपलब्ध गराउन रोक्ने उद्देश्यले प्रतिबन्ध लगाएको बताए।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ८ : ५६ बजे

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि