तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार  | Khabarhub Khabarhub

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका बेर्ना बिक्रीका लागि तयार गरेको छ । फर्मले आफ्नै १ दशमलब ५ हेक्टर क्षेत्रफलमा ती बेर्ना तयार गरेको हो ।

फर्मका प्रमुख सुरुचि त्रिपाठीका अनुसार अहिले तीन लाख बढी बिरुवा बिक्रीका लागि नर्सरीमा तयारी अवस्थामा रहेका छन् । यसमध्ये २० हजार बिरुवाको खरिदका लागि किसानले आवेदन दिइसकेका छन् ।

गत वर्ष कार्यालयले तीन लाख ५० हजार बिरुवा उत्पादन गरेर दुई लाख ५० हजार बिक्री गरेको थियो । किम्बुको बिरुवा सार्नका लागि अबको समय उत्तम भएकाले किसानले बिरुवाको माग लिएर आउन थालेको उनको भनाइ छ । फर्मले बिरुवाको प्रतिगोटा ५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

बिरुवा बिक्रीका लागि पालिकासँग समन्वय गरिएको छ । उनका अनुसार पहिला मधेश प्रदेशका किसान बिरुवा लिन आउने गरेका थिए । अहिले ती किसान बिरुवा लिन आउन छाडेका छन् ।

फर्मले अहिले नमूना बगैँचामा ३८ जातका किम्बुको बिरुवा संरक्षण गरिरहेको छ । मातृ संरक्षण अन्तरगत विभिन्न जातका बिरुवा लगाएर संरक्षण गरिरहेको छ ।

यहाँ उत्पादित किम्बुका बिरुवा चितवनसहित मकवानपुर, सिन्धुली, गोरखा, काठमाडौं, नवलपरासी, बागलुङ, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा बिक्री गरिने गरिएको छ । (रासस) 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १० : ०९ बजे

मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन– आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो,

दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई

कञ्चनपुर– दशैँ घरआँगनमै छ । मीठो मसिनो खाने, नयाँ लुगा

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका