प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट « Khabarhub

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह जोडिएको ५० वटा आयोजनामा बजेट विनियोजन गरेका छन् । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा सञ्चालन गर्नेगरी ती आयोजनामा उनले बजेट विनियोजन गरेका हुन् ।

मन्त्री सिंहले गणेशमानको नाम जोडिएका पार्क, स्टेडियम, प्रतिष्ठान, मार्ग, रङ्गशाला,  भवन, ज्येष्ठ नागरिक केन्द्र लगायतका ५० वटा आयोजनामा बजेट विनियोजन गरेका हुन् ।

मन्त्री सिंहले आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र आयोजना बैंकको मापदण्ड विपरीत ती आयोजनामा बजेट विनियोजन गरेका छन् ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले तीन करोडभन्दा तलका आयोजनामा बजेट विनियोजन नगर्ने मापदण्ड तय गरेको थियो भने सोही अनुसार आयोजना बैंकको सफ्टवेयर प्राणालीमा व्यवस्था गरेको थियो ।

तर, मन्त्री सिंहले भने सबै कानून र मापदण्डलाई छलेर हजारौँको संख्यामा आफ्ना योजना आगामी आर्थिक वर्षको बजेटमा हालेको मन्त्रालयको वार्षिक कार्यक्रममा भएका योजनाले देखाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १० : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै