अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु | Khabarhub Khabarhub

अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म चल्नेछ ।
 
आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा संगठन निर्माण र सदस्यता वितरण गर्ने अभियानको उद्देश्य रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए ।
 
अभियानका क्रममा एक एकाइ एक प्रशिक्षण, जनपरिचालन, प्रत्येक सदस्य संगठित सदस्य र हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालयलगायत कार्यक्रम सञ्चालन गरिनेछ । अभियान अवधिभर नयाँ सदस्यता र नवीकरणसहित पाँच लाख सदस्यता वितरण गर्ने उद्देश्य रहेको उपाध्यक्ष ढकालले जानकारी दिए ।
 
सात भूगोल, उपत्यका र विश्वविद्यालय गरी नौ प्रदेशमा अभियान सञ्चालन गर्न नौ उपाध्यक्षलाई इन्चार्जको जिम्मेवारी दिइएको क्रान्तिकारीले जनाएको छ । जसअनुसार कोशीमा अभिमन्यू यादव, मधेसमा ममता अधिकारी, बागमतीमा मदन ढकाल, गण्डकीमा कृष्ण सुनार, लुम्बिनीमा विराज थापा, कर्णालीमा अटल आचार्य र सुदूरपश्चिममा उमेश कँडेल तथा उपत्यका विशेष प्रदेशमा दीपा जैशी र विश्वविद्यालय प्रदेशमा सन्दिप पुनलाई ‘कमाण्डर’ तोकिएको छ ।
 
अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १२ : २२ बजे

मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन– आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो,

दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई

कञ्चनपुर– दशैँ घरआँगनमै छ । मीठो मसिनो खाने, नयाँ लुगा

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका