हाँस्ने शैलीले थाहा हुन्छ मान्छेको स्वभाव « Khabarhub

हाँस्ने शैलीले थाहा हुन्छ मान्छेको स्वभाव


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै प्रमाणित कुरा हो हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ । हाँसो भनेको एक प्रकारको औषधि नै हो जसका धेरै फाइदा छन् ।

सामान्यतया व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउँछन् भने कोही दिल खोलेर हाँस्छन् । समुन्द्र शास्त्र अनुसार, व्यक्तिको हाँस्ने शैलीका आधारमा उसको स्वभाव पत्ता लगाउन सकिन्छ ।

यसरी थाहा हुन्छ हसाँइबाट स्वभाव 

खित्का छाडेर हाँस्ने व्यक्ति : जो व्यक्ति दिल खोलेर अर्थात् खित्का छाडेर हाँस्छन्, त्यस्ता व्यक्ति निकै उत्साही प्रवृत्तिका हुन्छन् । त्यस्ता व्यक्तिको बौद्धिक क्षमता पनि सामान्य भन्दा बढी हुन्छ । यस्ता व्यक्ति निकै सहनशील पनि हुन्छन् । उनीहरूको मनमा कुनै पनि प्रकारको छलकपट हुँदैन । यति मात्र होइन यस्ता व्यक्ति परेको बेला जे पनि सहयोग गर्न तयार हुन्छन् ।

जोड–जोडले आवाज निकालेर हाँस्ने व्यक्ति : कोही व्यक्ति हाँस्दा जोड सँग आवाज निकाल्छन् । जो त्यसरी हाँस्छ त्यस्ता व्यक्ति निकै स्वाभिमानी तथा मेहनती हुन्छन् । प्राय यस्ता व्यक्ति जीवनमा सफल पनि हुन्छन् ।

मन्द मुस्कानसहित हाँस्ने व्यक्ति : जुन व्यक्ति मुसुक्क मुस्कुराएर हाँस्छन् उनीहरू निकै बुद्धिमानी र गम्भीर प्रवृत्तिका हुन्छन् । यस्ता व्यक्ति चाँडो रिसाउँदैनन् । यिनीहरू कठिन समयमा धैर्यताका साथ आफ्नो काम सफल गर्छन् ।

रोकिएर हाँस्ने व्यक्ति : केही व्यक्तिको बानी रोकिने र हाँस्ने हुन्छ । समुन्द्रशास्त्र अनुसार, यस्ता व्यक्तिको बौद्धिक क्षमता सामान्य हुन्छ । यस्ता व्यक्ति विवेकको सट्टा भावनाले निर्णय लिन्छन् । तर यसरी हाँस्ने व्यक्तिको बचत गर्ने बानी भने विशेष प्रकारको हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १ : ०८ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै