गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ? | Khabarhub Khabarhub

गैरआवासीय नेपालीको गुनासो- मालपोतले समेत नचिन्ने नागरिकताको के काम ?


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले गैरआवासीय नेपालीलाई दिएको नागरिकता नेपालकै निकायले मान्यता नदिएको गुनासो गरे ।

उनीहरूले अब राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग गरेका हुन् । गैरआवासीय नेपालीहरूलाई अहिले गैरआवासीय नागरिकता दिइएको छ । तर अंशबण्डा लगायतमा गैरआवासीय नागरिकतालाई मान्यता नदिएको उनीहरूको गुनासो छ ।

छलफलका क्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली नागरिकसरहको अधिकार हुने गरि नागरिकतामा जोड दिए ।

उनले सांसद हुन चाहने व्यक्ति नेपालको नागरिकमात्रै हुनुपर्नेमा आफूहरू स्पष्ट रहेको भन्दै अन्य अधिकार प्रयोग गर्न पाउने गरि नागरिकता दिने व्यवस्था कानूनमा गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष रविना थापाले मालपोतले समेत नचिन्ने गैरआवासीय नागरिकताले समस्या उत्पन्न भएकाले वंशको आधारमा नागरिकता लिएका नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने सुझाव दिइन्

त्यस्तै ब्रिटिस गोर्खा सैनिकहरूले पनि नागरिकतामा विभेद भएकाले अब कानून बनाउँदा त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए ।

समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताका सम्बन्धमा सरकारले स्पष्ट धारणा ल्याउने बताए । अब त्यसलाई विधेयकमा समावेश गरिने प्रतिवद्धता पनि उनले जनाए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  २ : १६ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी