कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित « Khabarhub

कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित


२६ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । यस बैठकमा कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सहभागी थिए ।

भिजिट भिसामा हुने गरेको अनियमिमताका विषयमा छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरूको मागमा कांग्रेस सहमत नभएपछि बैठकबाट बिनानिष्कर्ष टुंगिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएन । छलफलमा केही निष्कर्ष निस्किएन ।’

आइतबार पनि बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  २ : ३१ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली