सिटामोलका तीन पोस्टर : तानवमा सौगात, बेनिशा ग्रामिण महिला « Khabarhub

सिटामोलका तीन पोस्टर : तानवमा सौगात, बेनिशा ग्रामिण महिला


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘सिटामोल’को तीन पोस्टर सार्वजनिक भएका छन् । निर्माण पक्षले सोमबार यी पोस्टरहरु सार्वजनिक गरेको हो ।

एक पोस्टरमा नायक सौगात मल्ललाई एकल प्रस्तुत गरिएको छ । जहाँ सौगात वैशाखीको सहारामा उभिएका छन् । उनी तनाव मुद्रामा देखिन्छन् । उनले ग्रामिण पुरुषको भूमिका निर्वाह गरेको पोस्टरले बताउँछ ।

अर्को पोस्टरमा सौगात, नायिका वेनिशा हमाल र बाल कलाकार करण नेपाली प्रस्तुत छन् । सौगातले करणलाई अङ्गालोमा च्यापेर रोइरहेका छन् । करण पनि डाको छोडेर रोइरहेको देखिन्छ ।

वेनिशाले रातो चौबन्दी चोलो लगाएकी छन् । उनले ग्रामिण महिलाको भूमिका निर्वाह गरेको पोस्टरले स्पष्ट पार्छ । उनी पनि दुखित मुद्रामा छिन् ।

तेस्रो पोस्टरमा सौगात र वेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक छन् । यस पोस्टरले उनीहरुले फिल्ममा निर्वाह गरेको चरित्र खुलाउँछ ।

फिल्मको निर्देशक राजबहादुर साने हुन् । कथा राजबहादुर र प्रदीप भारद्धाजले मिलेर लेखेका हुन् । ‘सिटामोल’ले लामो समयदेखि हाम्रो समाजमा जरा गाडेर बसेको कुसंस्कारको कथा उठान गरेको बताइएकव छ ।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्सँगको सहकार्यमा बनाएको यो फिल्मका प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् । निर्माताहरु भुगोलकुमार कार्की र विकाशराज जोशी हुन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ३३ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन