एक महिनापछि राइड सेयरिङको नियम लागू हुनेमा मुख्यमन्त्री पाण्डेको आपत्ति « Khabarhub

एक महिनापछि राइड सेयरिङको नियम लागू हुनेमा मुख्यमन्त्री पाण्डेको आपत्ति


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवसायीहरूले एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघ/संगठन र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौंमा भएको छलफलका क्रममा यातायात व्यवसायीहरूले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुको सट्टा एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

छलफल कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकीका मुख्यमन्त्रीको अभिव्यक्तिले सार्वजनिक यातायात क्षेत्रलाई पुन आन्दोलन गर्ने अवस्था सिर्जना गर्न खोजेको बताए  । 

उनले हालै सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयनतर्फ ध्यान दिन सुझाव दिए । सिटौलाले रोजगारीका नाममा राइड सेयरिङलाई प्रश्रय दिएर लाखौँको संख्याका मजदुरलाई समस्या पर्ने काम गर्न नहुने उल्लेख गरे  । उनले राइड सेयरिङका नाममा उपत्यकालाई अस्तव्यस्त बनाइएको आरोप लगाए ।  

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राज्यको कानुन अनुसार ट्राफिक प्रहरीले काम गर्ने बताए । 

उनले प्राविधिक तवरले सडक व्यवस्थापनमा ध्यान दिने, ट्राफिक प्रहरीको कामकारबाहीलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । अधिकारीले सार्वजनिक यातायात व्यवसायीहरूले पनि आफ्नो सेवालाई जनमैत्री र विश्वसनीय बनाउन सक्नुपर्ने बताए । 

उनले २० वर्ष पुराना सार्वजनिक सवारी साधनको व्यवस्थापनका विषयमा कानुनअनुसार अघि बढ्ने स्पष्ट पारे । 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै