खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे « Khabarhub

खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी सरकारको नीति : मुख्यमन्त्री पाण्डे


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गोरखा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताएका छन् । 

गोरखा सदरमुकाममा आजदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि सक्दो पहल र प्रयत्न गरिरहेको बताए। खेल क्षेत्रको विकास गर्न सानाठूला सबै प्रकारका खेलकुद प्रतियोगिताका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको उनले बताए। 

‘सीमित स्रोतसाधनका कारण प्रदेश सरकारले धेरै गर्नसक्ने अवस्था छैन, तरपनि प्रदेश सरकारले खेलप्रतिको आफ्नो दायित्वलाई सम्झेर केही न केही गरिरहेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्दै आएको सो अवसरमा मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय खेल क्षेत्रबाट नै आफूलाई अगाडि बढाउन चाहे पहिला जस्तो खेलाडी भोकै बस्नुपर्ने अवस्था अहिले नरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले खेलाडीलाई खेल अवधिभरका लागि प्रदेश सरकारले बीमासहित प्रोत्साहन भत्ता र रेफ्रीका लागि स्थायी बीमाको व्यवस्था गरेको जानकारी दिए । प्रदेशले पोखरा आसपासमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने तयारी गरे पनि जग्गा उपलब्ध हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए। 

‘खेलकुद मैदान निर्माण गर्न प्रदेश सरकारको तर्फबाट लगानी गरिएको छ, हाम्रो लगानीमा निर्माण भइरहेको मुस्ताङको हाइ अल्टिच्युट खेल मैदानलाई अहिले सङ्घीय सरकारले पनि अपनत्व लिने प्रयत्न गरेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

प्रतियोगिता उद्‌घाटन कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, प्रदेशसभा सदस्य सुशीला सिंखडा, गोरखा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै