लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन « Khabarhub

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखापरेको विषयमा उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई परिचालन गरेको छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको सम्बन्धित अधिकारीहरूको बैठकले पशु सेवा विभागअन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालयअन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरी तत्काल रोग देखापरेका क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ ।

रोगको वस्तुस्थितिको दैनिक-आवधिक रिपोर्टिङ पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहोरालाई गराउने गरी ‘फोकल प्वाइन्ट’ तोकिएको मन्त्रालयले जनाएको छ  । 

बैठकले वर्षायामको सुरुआत हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टेलगायत किराहरुबाट सर्ने पशुको रोगहरूको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोपसहितका आवश्यक वस्तु तथा पारिश्रमिक समेतको लागत तयार गरी रोग नियन्त्रण तीनै तहका सरकारको सहभागितामा हुनेगरि परिचालनका लागि स्रोत व्यवस्थापन समेतको आकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै