‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’ « Khabarhub

‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्न सके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान तथा त्यस्ता गन्तव्यको प्रचार प्रसार गर्न सके नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताएका छन् ।

‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि उनले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्य र सांस्कृतिक धरोहरहरूको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताए । 

‘पर्यटन हाम्रो अर्थतन्त्रको मुख्य आधार बन्न सक्ने सम्भावना भएको क्षेत्र हो । यद्यपि हामीले नेपालमा आउने पर्यटकको बसाइँ लम्बाउने र उनीहरूको खर्च बढाउने कुरालाई ध्यान दिन सक्नुपर्नेछ’, प्राडा अधिकारीले भने ।

हिमाली पर्यटन तथा पर्यापर्यटन मात्र नभई नेपालका रैथाने रहनसहन, रैथाने स्वाद तथा परिकार, धर्म संस्कृतिबाट पनि पर्यटक भित्र्याउन सकिनेमा उनले जोड दिए । 

नीति निर्माण तहमा पर्यटन क्षेत्र प्राथमिकतामा परेको र त्यसबाट लाभ लिन सक्नुपर्छ भनेर सरकारले विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको पनि अधिकारीले उल्लेख गरे।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै