भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सचेतक परियार | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सचेतक परियार


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक पटक छलफल भए पनि सत्तापक्ष गम्भीर नभएको बताएका हुन्  । 

आफूहरूले उठाएका मागका बारेमा कांग्रेसका नेताहरू असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उनले बताए । 

परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरे पनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको जिकिर गरे ।  

परियारले सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने स्पष्ट पारे  ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ६ : ४५ बजे

बेमौसमी वर्षाले ढलायो भित्राउने बेलाको धान (तस्बिरहरू)

काठमाडौं– बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्‍याएको

डेडिकेटेड र ट्रंकलाइन विवाद : एक किस्तालाई विवादित रकम मान्नुपर्ने प्रस्ताव

काठमाडौं– लामो समयदेखि सुल्झिन नसकेको डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत्

डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण

बागमतीमा दुर्लभ कालो टाउके दंगा चिलको उडान (तस्बिरहरू)

काठमाडौं– राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको

कार्यवाहक सभापतिद्वारा खतिवडाको निधनप्रति दुःख व्यक्त

काठमाडौं–  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्य