सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल | Khabarhub Khabarhub

सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण संसद् चल्न सकेन : सांसद दाहाल


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सोमबार पनि सदन चल्न नसकेको बताएका छन् ।  

सोमबार संसद् भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति जुट्न नसेको बताएका हुन् ।

 गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको मागको विषयलाई सत्तापक्षले बेवास्ता गरेको उन बताए । दाहालले प्रतिपक्षीले उठाएका मागका बारेमा एमाले र खासगरि प्रधानमन्त्री केपी शर्मा ओली उदासीन देखिएको आरोप लगाए । 

सहमतिका लागि प्रतिपक्षी जिम्मेवार बनेको र सबै प्रतिपक्षी दल एकै ठाउँ रहेको उनले बताए । सांसद दाहालले मंगलबार दिनभर छलफल गरेर सहमतिको अधिकतम प्रयास गर्ने जिकिर गरे ।  

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : २९ बजे

कैलालीमा उखुखेतीको क्षेत्रफल घट्दै

गोदावरी– पछिल्ला वर्ष कैलालीमा नगदेबालीका रूपमा खेती हुँदै आएको उखुखेतीको

दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा

पर्यटकीयस्थलबाट अन्नपूर्ण गाउँपालिकालाई एक करोड १५ लाख आम्दानी

म्याग्दी– चालु आर्थिक वर्ष २०८२-८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय

निर्वाचन गराउन युवा सङ्घले सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले वर्तमान सरकार शान्तिपूर्ण, भयरहित र

हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध

कञ्चनपुर– भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध