कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने | Khabarhub Khabarhub

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थान्तरण गरिने भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो ।

यस निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो ।

बैठकले विपद्को क्षति कम गर्नका लागि विभिन्न निर्णय गरेको छ । बैठकले चालु आर्थिक वर्षमा राहत सामग्री र रकम गरेर वितरण गरिएको रु ७५ लाख ८० हजार बराबरको खर्च अनुमोदन गरेको छ ।

यस्तै, प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्ययोजना २०८२र८७ र मनसुन पूर्वतयारी प्रतिकार्य प्रदेश कार्ययोजना, २०८२ पारित गरिएको छ । त्यस अवसरमा मुख्यमन्त्री कार्कीले विपद् बिमा र स्थान्तरणको विषयलाई प्राथमिकताका साथ राखेर काम गर्न निर्देशन दिए ।

उनले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिए । मुख्यमन्त्री कार्कीले बजेट र कार्यक्षमता हेरेर विपद्को काममा तत्कालै जुट्न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी, बाढीपहिरो, चट्याङ र विस्फोटमा परी प्रदेशमा मृत्यु भएका ३४ जनालाई राहत रकम वितरण गरिएको छ ।

यस्तै, निजी आवास बनाउन रु ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए । प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब चार हजार १५१ परिवार रहेका जनाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ८ : २७ बजे

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं – आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै छ। दिदीबहिनी

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा

आज तिहारको मुख्य दिन भाइटीका

काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ।