टेक्सासको बाढीमा ज्यान जानेको सङ्ख्या १०९ पुग्यो, १६१ जना अझै बेपत्ता « Khabarhub

टेक्सासको बाढीमा ज्यान जानेको सङ्ख्या १०९ पुग्यो, १६१ जना अझै बेपत्ता


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्याको १०९ पुगेको छ भने १६१ जना अझै हराइरहेका छन्।

त्यहाँका सुरक्षाकर्मीले बेपत्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको दाबी गरेका छन्। हराउनेको सङ्ख्या एकदमै धेरै भए पनि उपलब्धि प्राप्त हुन नसकेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी दिए। उनले २८ वटा निकाय खोजी कार्यमा सक्रिय रहेको बताएका छन्।

राहत कार्यक्रममा दक्षिणी सीमाबाट मेक्सिकोको राहत टोली प्रवेश गरेर पनि सहयोग गरेको छ। अमेरिकी सरकारले मेक्सिकोको राहत टोली प्रति विशेष आभार व्यक्त गरेको छ। मेक्सिकोबाट १३ जनाको उद्धार टोली अमेरिका पुगेको थियो।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ६ : १६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६