बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित) | Khabarhub Khabarhub

बाढीपहिरोले १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मुलुकका विभिन्न १० राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार सङ्खुवासभास्थित कोशी राजमार्गको भोटखोला गाउँपालिका–४ वरुणमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध छ । नारायणगढ–बुटवल सडक आयोजना कार्यालयका अनुसार दाउन्नेको खुर्साने खोला नजिकै मङ्गलबार राति पहिरो झरेपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ । सडक अवरुद्ध भएपछि बर्दघाटबाट पूर्वतर्फ जाने र दुम्कीबासबाट पश्चिमतर्फ आउने सवारी साधन सडकमा रोकिएका छन् ।

यसैगरी, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

यस्तै, बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ५६ बजे

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ